रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । साथै ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

चेतन मानन्धरको हत्यामा जन्मकैदको सजाय पाएका नेपालगञ्जका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसमा गरेको कैद मिनाहा गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध  भारती मानन्धरले दिएको रिटमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश  दियो ।

कारागार प्रशासनले ४० प्रतिशत कैद भुक्तान गरेका कसुरदारलाई दिने कैद छुटको निर्णयमाथि गम्भीर प्रश्न उठाउँदै सर्वोच्च अदालतले रिगल ढकालको कैद मिनाहालाई कानुन विपरीत मात्रै होइन, संविधानकै भावना प्रतिकुल भनी व्याख्या गरेको छ ।

संक्षिप्त निर्णय सुनाउदै कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाले भने, ‘रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैद मध्ये असूल उपर हुन बाँकी एघार बर्ष, एघार महिना, पाँच दिन कैद निजलाई कारागारमा राखी कानून बमोजिम असूल गर्नु भनी परमादेश जारी हुने ठहर्छ ।’

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.