हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव हुने

हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव हुने हेटौंडा- हेटौंडामा वृहत खेलकुद तथा व्यापार महोत्सव २०८० हुने भएको छ।

मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौको संयुक्त आयोजनामा हेटौंडा- १० स्थित टिसिएन खेल मैदानमा पुस ५ गते देखि १७ गते सम्म महोत्सव हुने बिहीबार पत्रकार सम्मेलन मार्फत आयोजक खेलकुद विकास समितिले जानकारी दिएको हो । समितिका अध्यक्ष वेष खड्कीका अनुसार यस महोत्सव अन्यभन्दा केही फरक हुनेछ । महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरीय खेलकुद प्रतियोगिता गरिनेछ ।

महोत्सवमा अवधिमा सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्ग्य, नृत्यसहित दैनिक रुपमा खेलकुद प्रतियोगिता हुने खड्कीले बताए । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइल, खेलकुद सामाग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलकलगायत अन्य व्यवसायिक स्टलहरु राखिने राखिनुको साथै उत्कृष्ट बाल उद्दानसमेत राखिने खड्कीले जानकारी दिए । महोत्सवमा जुवाजन्य क्रियाकलाप तथा मादक पदार्थ बिक्री गर्न र सेवन गर्न पूर्णरुपमा निषेध गरिएको जनाइएको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.