
एक दशकको प्रतिक्षा, अनि यूएईसँग एक वर्षअघिको मिठो बदला लिँदै नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।
नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसयता तीन (२०१६, २०२१ र २०२२) विश्वकपमा पुग्न चुकेको थियो । पछिल्लो विश्वकप छनोटमा त यूएई नै नेपालको बाधक बनेको थियो । तर शुक्रबार यूएईलाई रोकेर नेपाल टी–२० विश्वकपमा पुगेको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1


