हेटौँडाका दुई जनाले पाए पहिलो पटक गैरआवसीय नागरिकता

हेटौँडा । नेपाल सरकारले गत असोज ३० गतेबाट वितरण सुरु गरेको गैरआवसीय नागरिकता मकवानपुर जिल्लाबाट पहिलो पटक दुई जनाले प्राप्त गरेका छन् । नागरिकता लिनेमा हेटौंडा–११ की सन्जिता बिडारी र हेटौंडा–५ का श्रीकृष्ण थापा रहेका छन् । उनिहरु श्रीमान श्रीमति हुन् ।

विगत १५ वर्षबाट अस्ट्रेलिया बस्दै आएका बिडारी र थापालाई बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइले गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्त गरेपछि उनीहरूले देश र जनताको नाममा शपथ लिएका थिए ।

यसअघि असोज ३० गते मंगलबार बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नेपाली नागरिकता दिँदै अभियानको सुरुवात गरेका थिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.