
हेटौँडा । गाँजा फडानी अभियान अन्र्तगत मकवानपुर प्रहरी गाँजा नष्ट गर्नको लागि गाउँ छिरेको छ । प्रहरीले दशै पछि सुरु गरेको फडानी अभियानको पहिलो दिनमानै किसानहरुले लगाएको ६१ विगहा गाँजा फाडानी र जलाएर नष्ट गरिदिएको छ ।
प्रहरीले राक्सीराङ गाउँपालिका वडा नंबर ९ रुन्चेवाङ, डनटार, झरना क्षेत्रमा १५ विगाहा, राक्सिराङ ४ जयसिंङताल, यतिखोला क्षेत्रमा २७ विगहा तथा गैरीखेत बाजोखेत क्षेत्रमा १९ विगहा गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले दशै अघि चालु आर्थिक वर्षमा १५ विगहा गाँजाखेती नष्ट गरिसकेको थियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1


