
आज भएको क्वाटरफाइनल खेलमा रामेछाप ,सिन्धुपाल्चोक र सुनसरी विजयी भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ स्थित बोटेनी खेलमैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा रामेछाप विजयी भएको छ ।
रामेछापले बारालाई १ –० गोलको अन्तरले हराएको हो । खेलमा रामेछापको लागि नबिन माझीले १ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै रामेछापको नबिन माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् । यस्तै आजै भएको दोस्रो खेलमा सिन्धुपाल्चोकविजयी भएको छ ।

सिन्धुपाल्चोकले ओखलढुंगालाई १-० गोलको अन्तरले पराजित गरेको हो । सिन्धुपाल्चोकको लागि संजाय माझीले १ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सिन्धुपाल्चोकका संजाय माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।
यस्तै आजै भएको तेस्रो खेलमा सुनसरी विजयी भएको छ । सुनसरी र सिन्धुली-सी सिन्धुली-सि र बिच भएको खेल ०–० को बराबरीमा सकिएपछि खेल ट्राईबे्रकरमा पुगेको हो । पेनाल्टि सुटआउटमा २-० अन्ताराले सुनसरी विजयी भएको हो ।
खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सुनसरीका मनिष माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछ । प्रतियोगितामा २३ वटा टीमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ट्रफि सहित २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ र तेस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए ।


