
रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आएकि गनसरि घर्तीमगर जीवन र मरणको दोसाँधमा जुधि रहेकि छन् ।
उमेर ६९ बर्षकि गनसरि करिब ४ महिना देखि बिरामी भएकि हुन् । उनलाई भरतपुर क्यान्सर अस्पतालमा पचारको क्रममा पुर्याउदा चेकजाँच गर्ने क्रममा रिपोर्टमा थाइराइड क्यान्सर देखाएको गनसरिका छोरा श्याम घर्तीमगरले बताए ।
उनि भन्छन् , हाम्रो आर्थिक स्थिति निकै कमजोर रहेको छ । कृषिबाट आफ्नो दैनिकी धानि रहेका छौं । आफुसँग भएको पैसा पनि आमाको उपचारको क्रममा सबै खर्च हुन गयो । अझै पनि अस्पतालबाट महिनाको ३ लाख जुटाउनु पर्छ भनेका छन् , तर हामीसँग पैसा भने अहिले छैन् । कसरी जम्मा पार्नु ? आँखाभरि आशु पार्दै उनले सबैलाई आफ्नो आमालाई बचाइदिन अपिल समेत गरेका छन् ।

गनसरिलाई पनि अहिले सहयोगको आवश्कता रहेको छ । तपाईहरुले पनि तल दिईएको बैंक खाातामा रकम जम्मा गरी सहयोग गर्न सक्नु हुनेछ ।
A/C no: 05007010010973
Bank : Global IME Bank Branch : Rolpa


