
थाहा नगरपालिका भएर पनि विकासका दृस्टीले पछि परेका गाउँ नाकछेडामा आज सम्म कुनैपनि साँसद गाउँ आएका थिएनन् । यो पटक भने त्यस्तो भएन ! साँसद महेश वर्तौला थाहाका अगुवाहरु सहित विकट माकछेडा पुगेपछी स्थानीय हर्षित भएका हुन् ।
साँसद वर्तौलाले आज दिउसो २ घण्टा स्थानीयहरु संगै बसेर विभिन्न बिषयमा छलफल गरेका थिए । स्थानीयहरुले सडक बाटो निर्माण, खानेपानी पुर्वाधार निर्माण तथा विद्यालयको भवनहरु निर्माण गर्दिन माग गरेका थिए ! एमाले सचेतक समेत रहेका वर्तौलाले त्यसैअलाई पूरा गर्न आफुले सरकार संग कुरा गर्ने आश्वासन व्यक्त गरेका थिए ! वर्तौला पहिलो पटक मकवानपुर २ बाट निर्वाचित युवा साँसद हुन् ।

नाकछेडा गाउँ थाहा नगरपालिकाको ११ नम्बर वडामा पर्छ र यो गाउँ धादिङको थाक्रे गाउँपालिकाको नजिक पर्दछ ।


