भिमान स्मृति फुटबल प्रतियोगिता:आजको खेलमा FC सिम्पानी र  खेलकुद बिकास समिति मनहरी-२ (c) बिजयी

मनहरी | मकवानपुरको मनहरी गाउँपालिका २ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता  भैरहेको  छ ।खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

त्रिरत्न प्राविको खेल मैदान मनहरी–२ मा भएको उक्त प्रतियोगिताको आज तेस्रो  दिन आजको भएको पहिलो खेल FC सिम्पानी मनहरी -८ Vs जनशिद्धा युवा क्लब बिच प्रतिस्पर्धा हुदा 1-0 गोलको अन्तरलले FC सिम्पानी बिजय भएको छ। सथै सिम्पानीका जर्सि न:- ११ को राहुल थापा मगर ले बेस्टप्लेयर म्यान अफ द म्याच पाउना सफल भएको छ।
यसैगरी दोस्रो खेल आयोजक खेलकुद बिकास समिति ‘C’ vS  जनअदर्श युवा क्लब बिच प्रतिस्पर्धा हुदा निर्धारित समयमा १-१ गोलको अन्तरलले बराबरको भएको छ। यसै खेल लाइ ट्रइब्रेकर गर्दा ४-० गोलको अन्तरलले आयोजक खेलकुद बिकास समिति मनहरी-२ (c) बिजय भएको छ। यसै खेललाई बिजय गर्न सफल गोल रक्षक आकाश मोक्तान म्यान अफ द म्याच घोषित भएको छ।
यसैगरी भोलि हुने पहिलो खेल आयोजक खेलकुद बिकास समिति -(A) Vs सुन्दर भबिष्य युवा क्लब बिच १:०० बजे देखि सञ्चालन हुनेछन्। र दोश्रो खेल सुर्य किरण युवा क्लब Vs FC लामिटार बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

२० गतेदेखी सुरु भएको उक्त प्रतियोगिता आगामी कात्तिक २७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता समूहले ५० हजार ५५५ रुपैयाँ र उपविजेता समूहले २५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.