
हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ नयाँवस्तीस्थित सडकबाट नक्कली नोट सहित हेटौंडा–६ का ३० वर्षीय देवराज चौलागाईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो हेटौँडा बजारबाट हेटौडा १५ नयाँवस्तीतर्फ जाँदै गरेको प्र २–०३–००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक देवराजको साथबाट नेपाली नक्कली रुपैयाँ ५ सय दरका २० थान नोट बरामद भएको हो ।
उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1


