मौलापुरकी मेयर साहलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार मेयर साहलाई पुनर्वहाली गरी यथावत रूपमा कामकाज गर्न दिन आदेश दिएको हो । एमालेले कारबाही सिफारिस गरेपछि निर्वाचन आयोगले साह मेयरको पद नरहेको सूचना निकालेपछि उनी सर्वोच्च गएकी थिइन् ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् । पतिले नयाँ पार्टी खोलेपछि रीनाले पनि नयाँ पार्टी रोजेको भन्दै एमालेले कारबाही गरेको थियो ।

 

 

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.