
मकवानपुर । हेटौँडा उपमहानगरपालिका –११, थानाभर्याङमा आईतबार राती मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि एक किशोरको ज्यान गएको छ भने २ जना घाईते भएका छन् ।
मोटरसाईकल चालक हेटौँडा ४ निवासी १५ वर्षीय मैन थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

हेटौँडा बजारबाट थानाभर्याङतर्फ जाने क्रममा ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको र मोटरसाइकलमा सवार तीनैजना घाइते भएका थिए ।
दुर्घटनामा बेबिशा खड्गीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले बताएको छ । त्यस्तै अर्की घाइते बिनिता थापाको हेटौँडा अस्पतालमै उपचार भइरहेको छ । थापाको अवस्था मध्यम छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1


