हेटौंडा मत्स्य प्रवर्धन केन्द्रमा धर्ना, कार्मचारी निकालेको भन्दै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-५ स्थित मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रमा एक कर्मचारीलाई निकालिएको विरोधमा धर्ना प्रदर्शन भएको छ । केन्द्रका कर्मचारी मनिषा पुरी बुढाथोकीलाई बिना सूचना निष्कासन गरिएको विरुद्धमा उनको पुनर्बहालीको माग गर्दै धर्ना दिएकी हुन् ।

विगत आठ वर्षदेखि कार्यालय सहयोगीको रूपमा कार्यरत बुढाथोकीलाई यही चैत ४ गते गेट रोक्का गरी रोजगारबाट निकालिएको थियो । उनलाई फागुन २ गते पनि बिना जानकारी विना कसुर गेट रोक्ने गरिएको थियो तर छलफलपछि पुनः रोजगारमा निरन्तरता पाएकी थिइन् ।

बुढाथोकीका अनुसार, कार्यालय प्रमुखले दरबन्दी भन्दा बढी रूपमा कर्मचारी भर्ती गर्ने र धेरै भएको भन्दै तलब आधा गर्ने वा आफ्नै रुचीअनुसार रोजगारबाट हटाउने गरेका छन् ।

केन्द्र प्रमुख सरोज यादवले भने मनिषा पुरीले कार्यालयमा अमर्यादित हरकत गरेको र सम्झौता गर्न बोलाउँदा नआएको बताउछन् । उनले पुरीको माघमा नै सम्झौता सकिएको दाबी गरे तापनि पुरीले फागुनको तलब पाइसकेको बैंक स्टेटमेण्ट देखाएकी छन् ।

यस विवादमा दुवै पक्षले आ-आफ्नो पक्षमा तर्क प्रस्तुत गरेका छन् । कर्मचारी र संस्थान दुवैतिरबाट कानूनी र मर्यादित व्यवहार हुन नसकेको देखिन्छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.