बागमती प्रदेशको जुडो संघको अध्यक्षमा मदन उप्रेती

हेटौंडा । बागमती प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका मदन उप्रेती सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडाको होटल लिडोइनमा भएको बागमती प्रदेश जुडो संघको प्रथम साधारणसभाले उप्रेतीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेएको उप्रेतीले बताएका छन् ।

समितिको उपाध्यक्षमा नुवाकोटकी राधिका देबी पौडेल, रामेछापका लाल बहादुर थापा मगर चयन भएका छन् भने त्यस्तै सचिबमा काठमाडौंका राजीब प्रधान, कोषाध्यक्षमा काभ्रेकी दिवा कठायत चयन भएका छन् । समितिको सदस्यहरुमा धादिङका स्वागत सिलवाल, ललितपुरकी पुजा रेग्मी महत, भक्तपुरका राजाराम वासी, रसुवाका राजकुमार ढुङेल, काठमाडौंकी आकृति जोशी, काभ्रेका शौरभ राज कठायत लगायतलाई चयन गरिएको अध्यक्ष उप्रेतीले बताए ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिब सुर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा केन्द्रीय जुडो संघका प्रतिनिधि प्रकाश चन्द्र पाण्डेको आतिथ्यता रहेको थियो । मकवानपुर जुडो संघका अध्यक्ष सबिन मुक्तानको अध्यक्षतामा भएको साधारणसभामा बागमति प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.